बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

हराएका २७ वटा सवारीसाधन भेटियो,  ट्राफिक प्रहरीद्वारा सम्बन्धित  धनीलाई हस्तान्तरण

शुक्रबार, ३२ साउन २०८१, २० : १२
शुक्रबार, ३२ साउन २०८१

काठमाडौँ । विभिन्न मितिमा हराएका २७ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले शुक्रबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच यस कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले १९ वटा मोटरसाइकल र ८ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा पशुपति, चाबहिल, बानियाटार, बाल्कोट, अनामनगर, सानेपा, नारायणटार, गौरिघाट, नुवाकोट, बौद्ध, बल्खु र ठमेल लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका २७ ओटा सहित ६१ ओटा सवारी साधन साउन महिनामा ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । यसैगरी चोरीका ७ ओटा २ पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न १० जना व्यक्तिहरूलाई पनि कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप