बागमती सरकारको प्रवक्तामा मन्त्री लामिछाने
शुक्रबार, ३२ साउन २०८१, १८ : ४७

हेटौंडा । बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले पाएका छन् । शुक्रबार बसेको बागमतीको मन्त्रिपरिषद् बैठकले लामिछानेलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।
सञ्चार विभाग समेत रहेको मन्त्रालयको जिम्मेवारी सम्हालेका लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । लामिछाने गत साउन १२ मा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका थिए ।
मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय अन्तर्गतको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश सरकार मातहतको संरचनाहरूमा रहेका अस्थायी दरबन्दीमा कार्यरत कर्मचारीलाई तलब भत्ता वितरणमा समस्या हुने भएपछि दरबन्दी स्वीकृत गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल