बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमती सरकारको प्रवक्तामा मन्त्री लामिछाने

शुक्रबार, ३२ साउन २०८१, १८ : ४७
शुक्रबार, ३२ साउन २०८१

हेटौंडा । बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले पाएका छन् । शुक्रबार बसेको बागमतीको मन्त्रिपरिषद् बैठकले लामिछानेलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

सञ्चार विभाग समेत रहेको मन्त्रालयको जिम्मेवारी सम्हालेका लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । लामिछाने गत साउन १२ मा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका थिए ।

मन्त्रिपरिषद्  बैठकले विभिन्न मन्त्रालय अन्तर्गतको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश सरकार मातहतको संरचनाहरूमा रहेका अस्थायी दरबन्दीमा कार्यरत कर्मचारीलाई तलब भत्ता वितरणमा समस्या हुने भएपछि दरबन्दी स्वीकृत गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप