बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गाईजात्राका दिन बागमती प्रदेशमा सार्वजनिक बिदा

शुक्रबार, ३२ साउन २०८१, १८ : ३६
शुक्रबार, ३२ साउन २०८१

हेटौंडा । बागमती प्रदेश सरकारले गाइजात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको बागमतीको मन्त्रिपरिषद् बैठकले भदौ ४ मा मनाइने गाईजात्रा पर्वको अवसरमा प्रदेश भर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार गाईजात्रा प्रदेशमा मनाइने महत्त्वपूर्ण पर्व रहेकाले प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० अनुसार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ऐन अनुसार गाईजात्रा पर्वमा हरेक वर्ष बिदा दिने व्यवस्था रहेको उनले बताए ।

उक्त निर्णयसँगै बागमती प्रदेशमा भदौ ४ गते गाईजात्राको दिन सार्वजनिक संस्थान, विद्यालय, निजी संघसंसथाहरु बन्द रहनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप