निगमको नौ बुँदे प्रस्टीकरण : आम्दानी गत तीन वर्षमा दोब्बर बढीले वृद्धि

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेवानी)ले निगमका अन्तर्राष्ट्रियतर्फ तीनवटा विमान नियमित सञ्चालनमा रहेको र एउटा विमान ए ३३०, ९ एएलवाई जहाज इटालीमा मेन्टिनेन्स गरेर अगस्तभित्र आइपुग्ने प्रस्ट पारेको छ ।
शुक्रबार निगमबारे आइरहेका भ्रमपूर्ण समाचारको खण्डन गर्दै निगमले नौ बुँदे प्रस्टीकरण सार्वजनिक गरेको हो ।
जसमा आन्तरिकतर्फ एक ट्वीनअटर जहाज नियमित सञ्चालनमा रहेको र अर्कोको इन्जिन मर्मत गरेर छिट्टै सञ्चालनमा ल्याउने तयारी भएकाले दशैँसम्ममा सेवा प्रवाह गर्ने जनाएको छ ।
‘नेपाल वायुसेवा निगमको आम्दानी गत तीन वर्षमा दोब्बर भन्दा बढीले वृद्धि भएको छ । महालेखा परीक्षकको लेखापरिक्षण प्रतिवेदन अनुसार निगमको कुल आम्दानी आ.व २०७७/७८ मा रु.९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रहेको थियो भने आ.व २०७८/७९ मा रु.१६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रहेको छ’, निगमले विज्ञप्तिमा भनेको छ, ‘आ.व २०७९/८० को प्रारम्भिक कुल आम्दानी रु. २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको छ । यसरी हेर्दा निगमले गत ३ वर्षमा आफ्नो आम्दानीमा १४४ % ले वृद्धि गरेको छ ।’
निगमले चिनियाँ जहाज सञ्चलनका सन्दर्भमा विभिन्न समितिको प्रतिवेदनका आधारमा दुई पटक बिक्रीका लागि बोलपत्र आह्वान गर्दा बोलपत्र नपरेको जनाएको छ ।
निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोवडी र दुई वाइडवडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात २०८१ असार सम्मको अवधिमा ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको पनि जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?
-
‘रोल मोडेल’ बन्न जनप्रतिनिधिलाई प्रचण्डको सुझाव, विज्ञले के भने ?
-
रेड पाण्डाबारे लेखिएको 'नेपालमा हाब्रे' पुस्तक विमोचन