सुरक्षा निकायलाई विपद् खोज तथा उद्धार सामग्री हस्तान्तरण
हेटौँडा । बागमती प्रदेश सरकारले विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि सुरक्षा निकायहरूलाई सामग्री हस्तान्तरण गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तीनै तहका सुरक्षा निकायलाई विपद् उद्धार तथा राहत सामग्री हस्तान्तरण गरेको हो ।
शुक्रबार एक कार्यक्रमका बिच आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले सुरक्षा निकायका प्रादेशिक संरचनाका प्रमुखहरूलाई विपद् खोज तथा उद्धार सामग्री हस्तान्तरण गरेका हुन् । मन्त्री लामिछानेले नेपाली सेनालाई ५७ प्रकृतिका २५२ वटा सामान, सशस्त्र प्रहरी बललाई ६२ प्रकृतिका १५२ वटा सामान र नेपाल प्रहरीलाई ५६ प्रकृतिका १६२ वटा सामान हस्तान्तरण गरेका हुन् ।
सेनाका तर्फबाट सहायक रथी सुवासजंग थापा, सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक गणेश ठाडा मगरलाई र नेपाल प्रहरीका प्रहरी उपरीक्षक राकेश सिंहलाई विपद् उद्धार तथा राहत सामग्री हस्तान्तरण गरिएको हो । सुरक्षा निकायलाई विपद्को खोज तथा उद्धारमा सबल र सक्षम बनाउन उक्त सामग्री हस्तान्तरण गरिएको मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।
प्रदेश सरकारका तर्फबाट तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले सुरक्षा निकायसँगको निरन्तर छलफल र समन्वय गरी विपद् खोज तथा उद्धारका लागि ती सामग्री पहिचान गरेको सचिव दर्जीले बताए । सचिव दर्जीका अनुसार ४१ प्रकृतिका २५२ वटा सामान प्रदेश गोदामघरमा सुरक्षित राखिएको छ । ती सामाग्री आवश्यकता अनुसार सुरक्षा निकाय र विपदग्रस्त क्षेत्रमा पठाइने उनको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामिछानेले विपद् व्यवस्थापनमा सम्बन्धित सबै निकायहरूले प्रभावकारी ढङ्गबाट काम गर्न निर्देशन दिएका छन् । उनले नागरिकहरूको जीवन रक्षा सरकारको जिम्मेवारी रहेकाले त्यसतर्फ गम्भीर भएर काम गर्न उनले आग्रह गरे ।
नागरिकहरूलाई विपद्को समयमा सरकारले अभिभावकत्व प्रदान गर्नुपर्ने भएकाले सोही अनुसार मातहतका निकाय परिचालन गर्न उनले आग्रह गरे । मन्त्री लामिछानेले आगामी दिनमा सुरक्षा निकायसँगको समन्वयमा अझै परिष्कृत र उन्नत स्तरमा पुर्याउने बताए । सुरक्षा निकायलाई विपद् व्यवस्थापनको पाटोमा प्रदेश सरकारले निरन्तर सहयोग गर्ने र खोज तथा उद्धार कार्यमा सक्षम बनाउने उनले बताए ।
विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण र विपद् प्रतिकार्य, प्रादेशिक विपद् कोष स्थापना र सञ्चालन,स्थानीय विपद् कोषमा सहयोग, विपद् तथ्याङ्क व्यवस्थापनमा सक्रिय रूपमा काम गर्न मन्त्री लामिछानेले निर्देशन समेत दिए । उनले विपद् जोखिम क्षेत्र नक्शाङ्कन र बस्ती स्थानान्तरण सम्बन्धमा अध्ययन तथा अनुसन्धान गरी प्रादेशिक नीति, कानुन र योजना तर्जुमा गरी कार्यान्वयनमा अग्रसर हुन उनले मातहतका निकायलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा