न्यायाधीश नियुक्तिका लागि नाममा छलफल सुरु, छिट्टै नियुक्ति हुने

काठमाडौँ । न्याय परिषद्को शुक्रबार बसेको बैठक निर्णयमा पुग्न नसकेपछि अनौपचारिक रूपमा सकिएको छ। परिषद्ले न्यायाधीशको रोष्टरमा रहेका नामहरूमा मात्र छलफल भएको र यसलाई औपचारिकता नदिइएको परिषद् स्रोतले बताएको छ।
परिषद् स्रोतका अनुसार न्याय सेवा आयोगको बैठककै बिचमा सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिका बारेमा छलफल भएको थियो । सर्वोच्च अदालतका ४ न्यायाधीश र उच्च अदालतका १० न्यायाधीश रिक्त रहेको र सचिवालयले नामहरूमा तयारी गरेकाले अनौपचारिक रूपमा मात्र केही छलफल भएको एक सदस्यले बताए ।
न्याय सेवा आयोगको बैठकमा प्रधान न्यायाधीश,वरिष्ठतम न्यायाधीश ,कानुनमन्त्री समेत भएकाले अनौपचारिक छलफल भएको हो । सर्वोच्चसँगै उच्च र उच्च अदालतको मुख्य न्यायाधीश समेत टुङ्गाउनुपर्ने भएकाले अर्को दिन पुन बैठक बस्ने अनि सिफारिस हुने ती सदस्यले बताए ।
सचिवालयले नियुक्ति हुन योग्य रहेका व्यक्तिहरूको रोष्टर तयार पारिरहेको र त्यही रोष्टरमा रहेकाहरूबाट नियुक्ति हुने ती सदस्यले बताए । परिषद्ले सर्वोच्चमा उच्च अदालतका मुख्य न्यायाधीशबाट मात्र नियुक्ति गर्ने तयारी गरेको छ भने उच्च अदालतका कानुन व्यवसायीसहित सरकारी वकिल, न्याय र कानुन समूहलाई पनि समेट्ने तयारी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकमा श्रम ऐन नलाग्ने फैसला : नवीकरण हुन छाडे ट्रेड युनियन
-
श्रमिकको न्यूनतम तलब ३५ हजार हुनुपर्ने निष्कर्ष
-
आईसीसी च्याम्पियन्स ट्रफी : न्युजिल्याण्डद्वारा भारतसामु २ सय ५२ रनको लक्ष्य प्रस्तुत
-
एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश उपाध्याय सिनियर डीसीईओमा बढुवा
-
गणतन्त्र कि राजसंस्था : नेपाली जनताको राजनीतिक संघर्ष र चाहना
-
च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडले बाडे अंक