आयोग बैठक
न्याय सेवा आयोगले गर्यो २० सरकारी वकिलको सरुवा (सूचीसहित)
शुक्रबार, ३२ साउन २०८१, १७ : ४२

काठमाडौँ । न्याय सेवा आयोगको बैठकले २० सरकारी वकिलहरूको सरुवा गरेको छ ।
शुक्रबार बसेको न्याय सेवा आयोगको बैठकले विभिन्न सरकारी वकिल कार्यालयमा कार्यरत रहेकाहरूको सरुवा गरेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आयोगको बैठकले सहन्यायाधीवक्ता तहका १० र उपन्यायाधीवक्ता तहका १० जनाको सरुवा गरेको हो । न्याय सेवा आयोगमा प्रधानन्यायाधीश, वरिष्ठतम न्यायाधीश , लोक सेवा आयोगका अध्यक्ष, कानुनमन्त्री र महान्यायाधिवक्ता सदस्य हुने कानुनी व्यवस्था छ ।
सरुवा हुनेमा उमाकान्त पौडेललाई उच्च सरकारी वकिल कार्यालय नेपालगन्जबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ । त्यस्तै मिना गुरुङलाई धनकुटाबाट महान्यायाधिवक्ता कार्यालयमा सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहमा आपत्कालीन गोदाम घर बनाउनुपर्नेमा गृहमन्त्रीकाे जोड
-
गभर्नर नियुक्ति विवादसम्बन्धी रिट निरन्तर हेर्न नभ्याइने
-
धवलशमशेरको बयान, ‘राज्यविरुद्धको अपराध गरेको छैन’
-
माओवादीले एकचोटी हानेपछि राजावादी बेलुनको हावा खुस्कियो : प्रचण्ड
-
प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित
-
दक्षिण कोरियाको विपक्षी दलद्वारा नेता लीलाई राष्ट्रपति पदको उम्मेदवार घोषणा