नरेन्द्र मोदीलाई फोन गरेर युनुसले के भने ?
![नरेन्द्र मोदीलाई फोन गरेर युनुसले के भने ?](https://npcdn.ratopati.com/media/news/modi-yunus_9zV5gbyZPO.jpg)
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बङ्गलादेशका काम चलाउ सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले फोन गरेका छन् । मोदीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा युनुसले आफूलाई फोन गरेको बताएका थिए ।
बङ्गलादेशमा सत्ता परिवर्तन र अन्तरिम सरकार गठनपछि मोहम्मद युनुस र मोदीबिचको भएको यो पहिलो वार्ता थियो । ‘मलाई मोहम्मद युनुसको फोन आएको थियो । यस क्रममा हामी दुवैले बङ्गलादेशको वर्तमान अवस्थाबारे कुरा गर्यौँ,’ मोदीले लेखेका छन् ।
‘लोकतान्त्रिक, स्थिर, शान्तिपूर्ण अनि प्रगतिशील बङ्गलादेशको लागि मैले भारतको समर्थन दोहोर्याएको छु । उनले पनि बङ्गलादेशमा हिन्दु अनि सबै अल्पसङ्ख्यकहरूको सुरक्षाको आश्वासन दिएका छन्’ मोदीको पोस्टमा लेखिएको छ ।
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा भएको प्रदर्शनपछि शेख हसिनाले अगस्ट ५ मा बङ्गलादेशको प्रधानमन्त्रीको पदबाट राजीनामा दिएकी थिइन् । त्यहाँबाट भागेर उनी भारत आएकी थिइन् ।
अहिले बङ्गलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । युनुस त्यहाँका प्रख्यात अर्थशास्त्री हुन् । उनलाई प्रतिष्ठित नोबेल पुरस्कार पनि दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई दण्ड र जरिबानाको तरबार !
-
चितुवाको छालासहित युवक पक्राउ
-
राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी
-
नेपाली कामदारलाई लक्षित गरी मलेसियामा बीमा सम्बन्धी अन्तरक्रिया
-
‘सङ्क्रमणकालीन न्याय निरूपणका बाँकी काम शीर्ष तीन नेताको सहमतिबिना अगाडि बढ्न सक्दैन’
-
एसके इनर्जीले सेयर निष्कासन गर्दै, निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त