१ खर्ब २५ अर्बको कारोबार भएको यो साता नेप्से सूचक कतिले बढ्यो ?
काठमाडौँ । यो साता सेयर बजारले रेकर्ड नै रेकर्ड राखेको छ । एकैदिन २९ अर्ब ३० करोड रुपैयाँमाथिको सेयर कारोबार हुँदा सातामा १ खर्ब २५ अर्ब रुपैयाँ माथिको कारोबार हुन पुगेको छ । यो हालसम्मकै उच्च कारोबार हो ।
यस्तै सातामा २३४.४३ अंकले नेप्से बढ्दै ३ हजार दशमलव ८१ अंकमा उक्लिएको छ । यो कोभिड–१९ पछि झन्डै तीन वर्षपछिको उच्च विन्दु हो । २०७८ भदौ २ गते हालसम्मकै उच्च विन्दु नेप्से सूचक ३१ सय ९८.६० पुगेको थियो ।
त्यसयता क्रमशः ओरालो लागेको नेप्से सूचक १८ सयको बिन्दुसम्म झरेको थियो । तर, पछिल्लो महिना नेप्से सूचकले झन्डै एक हजार बिन्दुको बुलिस (उकालो) यात्रा तय गरेको छ ।
१ खर्ब २५ अर्बको कारोबार
२०८१ साउन २७ गते साताको पहिलो कारोबार दिन ९४.४६ अंकले नेप्से बढेको दिन २५ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको थियो । दोस्रो दिन साउन २८ गते लगत्तै २६ अर्ब ८० करोड ९० लाख रुपैयाँको सेयर कारोबार
भएकोमा तेस्रो दिन साउन २९ गते कारोबार केही घट्दै २१ अर्ब ३ करोड ७५ लाखमा झरेको थियो । तथापि, यी दुई दिनमा पहिलो दिन ७० अंकले नेप्से बढेको थियो भने दोस्रो दिन ८ अंकको करेक्सन आएको थियो ।
साताको चौथो दिन अर्थात् साउन ३० गते नेप्से सूचक ३४.२९ अंकले बढ्दा यता २३ अर्ब १६ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । साताको पाँचै कारोबार दिन बजार खुलेकोमा २३४.३४ अंकले नेप्से बढ्दा कुल १ खर्ब २५ अर्ब ६५ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुन पुगेको छ ।
मार्केट क्यापिटलाइजेशन ४७ खर्ब ६५ अर्बमा उक्लियो
योसँगै सेयर बजार पुँजीकरण (मार्केट क्यापिटलाइजेशन) ४७ खर्ब ६५ अर्ब रुपैयाँमा उक्लिएको छ । यो कोभिड–१९ ताकाको भन्दा पनि उच्च हो । नेप्से सूचक झन्डै ३२ सयको बिन्दुमा पुगेको बेला यस्तो मार्केट क्यापिटलाइजेशन ४४ खर्ब हाराहारी रहेको थियो ।
पछिल्लो कारोबार दिन साउन ३१ गते नेप्से सूचक ३ हजार बिन्दुमा पुग्दा यता बजार पुँजीकरण ४७ खर्ब ६५ अर्ब ९० करोड ९० लाख रुपैयाँ पुगेको छ । यो साता बजार पुँजीकरण ३ खर्ब ७४ अर्ब ८१ करोड ६० लाख रुपैयाँले बढेको छ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन साउन २४ गते यस्तो मार्केट क्यापिटलाइजेशन ४३ खर्ब ९१ अर्ब ९ करोड ३० लाख रुपैयाँ बराबर रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा लिन नआएको भन्दै गाउँपालिका उपाध्यक्ष आक्रोशित, सरकारी गाडी तोडफोड
-
अध्यक्ष शेर्पामाथि छानबिन र कारबाहीको माग गर्दै अनुशासन समितिमा उजुरी
-
चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेको मुद्दामा फैसला
-
साताको कारोबारको पहिलो दिन नेप्से ५.३२ अंकले बढ्यो
-
तत्काल माओवादीको विशेष महाधिवेशन बोलाउन प्रदेश अध्यक्षहरुको दबाब
-
सरकारले भूकम्प र बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्ने