‘१२ गाउँ’ को टिजरमा समीर भट्टको एक्सन अवतार

काठमाडौंँ । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको फिल्म ‘१२ गाउँ’ को टिजर सार्वजनिक भएको छ । दशैंको फूलपाति अर्थात् असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मले शुक्रबार एक कार्यक्रम गर्दै टिजर रिलिज गरिएको हो । १ मिनेट २१ सेकेन्ड लामो टिजरमा डेव्यु अभिनेता समीर भट्टलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।
टिजरबाट फिल्म बदलाको कथामा बनेको बुझ्न सकिन्छ । गाउँको पृष्ठभूमिमा कथा भनिएको फिल्मको टिजरमा फिल्मका सबै कलाकारले प्रथमिकता पाएका छन् । फिल्मबाट समीर भट्टले अभिनेताको रुपमा डेब्यु गर्दैछन् । भारतमा बसेर मार्सल आर्ट र अभिनय सिकेका समीर अभिनेथा बिराज भट्टका छोरा हुन् । ‘१२ गाउँ’ मा अहिलेसम्म नेपाली फिल्ममा नभएको एक्सन राखिएको निर्देशक भट्टले बताए ।
फिल्मबाट दुई पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि अभिनेत्रीको रुपमा डेव्यु गरेका छन् । विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय फिल्ममा रहेको छ ।
विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनील क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन छ । विराज स्वयम्को कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन फिल्ममा छ ।
महेश पौडेल छायाङ्कन रहेको फिल्म काठमाडौँ, ललितपुर, वीरगञ्ज र हेटौँडामा छायाङ्कन गरिएको छ । फिल्मको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सवारीलाई जीपीएस प्रणालीमार्फत ट्र्याकिङ गर्दै सरकार
-
सरकारी पक्ष र रेडबुल प्रतिनिधिबीच भेटवार्ता
-
ट्रेड टावर कम्पनीले पायो आईपीओ निष्कासन अनुमति
-
धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
-
१३ वर्षीय बालिकाको हत्या, आरोपित युवकमाथि अनुसन्धान गर्न सात दिन म्याद थप