आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

दुधकोशी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको आग्रह

शुक्रबार, ३२ साउन २०८१, १६ : ५५
शुक्रबार, ३२ साउन २०८१

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले सोलुखुम्बुको खुम्बु क्षेत्रमा आएको बाढीपछि दुधकोशी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरेको छ ।  प्रशासन कार्यालयले सूचना जारी गर्दै दुधकोशी किनाराका सर्वसाधारणहरूलाई सुरक्षित रहन भनेको हो ।

‘दुधकोशी नदी तटीय छेउ किनारामा रहेका बासिन्दालाई यथाशक्य चाँडो सुरक्षित स्थानमा गई सुरक्षित रहनुहुन सम्पूर्णमा जानकारी गराइन्छ’, जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जारी गरेको सूचनामा भनिएको छ ।  

शुक्रबार बिहान सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढी आएको थियो । उक्त बाढी दुधकोशी नदीमा पुगेको छ ।  बाढीमा परि १४ घर बगाउनुका साथै सात घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।

454553322_1260654864917130_5818512240332937909_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप