क्रिकेट खेलाडीको मनोबल बढाउन प्रशिक्षक गिलेस्पीले निम्ता गरे ओलम्पिक स्वर्ण विजेता अरशद नदिमलाई

काठमाडौँ । हालै सम्पन्न पेरिस ओलम्पिकमा पाकिस्तानका लागि कीर्तिमानी स्वर्ण पदक जित्ने ज्याभलिन थ्रो खेलाडी अरशद नदिमलाई पाकिस्तानी टेस्ट क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जेसन गिलेस्पीले आफ्ना खेलाडीहरुसँग भेटघाट गर्न निम्तो दिएका छन् ।
उनले पाकिस्तानी क्रिकेट खेलाडीसँग भेटेर उनीहरुको हौसला बढाउन प्रमुख प्रशिक्षक गिलेस्पीले एथलेटिक्स खेलाडी अरशद नदिमलाई आमन्त्रण गरेका हुन् । ‘ओलम्पिकजस्तो वृहत प्रतियोगिता ऐतिहासक स्वर्ण पदक जित्दाको अनुभव क्रिकेट खेलाडीका लागि पनि लाभदायक हुन्छ,’ प्रमुख प्रशिक्षक गिलेस्पीले भनेका छन् ।
अरशद नदिमले हालै सम्पन्न पेरिस ओलम्पिकमा ज्याभलिन थ्रो स्पर्धामा ९२.९७ को प्रदर्शनसहित ऐतिहासिक स्वर्ण पदक जितेका थिए । त्यो स्पर्धामा साविक विजेता भारतीय खेलाडी निरज चोपडा रजत पदकमा समेटिएका थिए ।
गिलेस्पी पनि भर्खरै पाकिस्तानी टेस्ट क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका हुन् । ‘म चाहन्छु हाम्रा सबै क्रिकेट खेलाडीको अगाडि अरशद नदिमले आफ्नो सँघर्ष र उच्च मनोबलको कथा सुनाउन् । यसले पक्कै पनि क्रिकेट खेलाडीको हौसला बढाउन मद्दत पु¥याउने छ,’ गिलेस्पीले भनेका छन् ।
अरशद नदिम विगत ३२ वर्षयता ओलम्पिक खेलकुदमा पाकिस्तानका लागि स्वर्ण पदक जित्ने पहिलो पाकिस्तानी खेलाडी पनि हुन् । उनले ओलम्पिक र एसियाली कीर्तिमानसहित स्वर्ण पदकमाथि कब्जा जमाएका थिए ।
पछिल्लो समय पाकिस्तानी क्रिकेट टोली वल्र्ड टेस्ट च्याम्पियनसिपको आगामी शृंखलाको तयारीमा ब्यस्त छ । पाकिस्तानले निकट भविष्यमै बंगलादेशसँग दुई टेस्टको शृंखला खेल्दैछ । पहिलो टेस्ट अगस्त २१ तारिखमा सुरु हुनेछ ।
पाकिस्तानी टेस्ट क्रिकेट टोलीका कप्तान सान मसुदले पनि अरशद नदिमको उपलब्धि हरेक खेलका खेलाडीको लागि प्रेरणाको स्रोत भएको बताए । ‘हामी क्रिकेट खेलाडीका लागि पनि उनी प्रेरणाका स्रोत हुन् । उनको सफलताले हामीमाथि पनि दबाब बढाएको छ,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मेजर ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्ता गठबन्धन दलहरूको सुझाव
-
एसपिजि अटोमोबाइल्स, ‘इभी पायोनियर अवार्ड’ द्वारा सम्मानित
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?
-
हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव : कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे जिन्दगी जाला
-
बिहीबारदेखि शिक्षकहरूको आन्दोलन रोक्नेगरी सहमती भयो : शिक्षा मन्त्रालय
-
पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ प्रदान