खुम्बु क्षेत्रमा हिमपहिरो : घटनास्थलतर्फ प्रहरी पठाइयो

विराटनगर । सोलुखुम्बु जिल्लाको पासाङ ल्यहामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमपोखरी फुटेर भएको क्षतिबारे अहिलेसम्म एकिन विवरण नआएको प्रहरीले जनाएको छ । सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले अहिलेसम्म क्षतिको विवरण नआएको बताए ।
‘हामी घटनाबारे थाहा पाएका हौं । नजिकैको प्रहरीलाई विवरण बुझ्न र घटनास्थलतर्फ पठाएका छौं । केही समयपछि प्रहरी पुगेर क्षतिको अवस्थाबारे जानकारी आउँछ,’ उनले भने ।
उता, सोलुखुम्बुबाट निर्वाचित प्रदेशका सांसद गोम्बु शेर्पाले हिम पोखरी फुटेर ब्यापक रुपमा दूधकोशीमा बाढी आइरहेको जानकारीमा आएको बताए । दूधकोशी नदी सोलुखुम्बु र खोटाङको सिमा भएर बग्ने नदी हो । सोलुखुम्बु, खोटाङमा क्षति पुग्न सक्ने उनले बताए ।
जिल्लाको खुम्बु पासाङ ल्यामु, माप्यदूधकोशी गाउँपालिका, सोताङ, थुलुङ दूधकोशी र नेचा सल्यान गाउँपालिकाका नदी किनारका बस्तीमा क्षति पुग्न सक्ने उनले बताए ।
‘खुम्बुको थामे गाउँमा बाढीले गर्दा केही घर बगाएको भन्ने खबर छ । दूधकोशी नदी अहिले बढेर लुक्ला फेदिसम्म आइपुगेको खबर छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकलाई सडक बालबालिका मुक्त बनाउने अभियानमा छौँ : मन्त्री सुडी
-
थुनुवाको पोसाकमा अदालतबाट हाँस्दै बाहिरिए दुर्गा प्रसाईं
-
भृकुटीमण्डपमा हर्टिकल्चर एक्स्पो, तस्बिरमा हेर्नुहोस्
-
नबिल बैंक सम्मानित
-
महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँ : सतिशकुमार सिंह
-
वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने वातावरण बन्छ : अर्थमन्त्री