बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रभु बैंकका ग्राहकलाई समाज डेन्टलमा छुट

शुक्रबार, ३२ साउन २०८१, १४ : ४५
शुक्रबार, ३२ साउन २०८१

काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले काठमाडौँको बानेश्वरस्थित समाज डेन्टल हस्पिटल प्रालिको सेवामा विशेष छुट पाउने भएका छन् । हस्पिटल र बैंकबिच दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको हो । 

प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले हस्पिटलका सम्पूर्ण शाखाहरूमा क्रमशः १५ प्रतिशत र १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौता हस्पिटलका निर्देशक श्रेया पाँडे र बैंकका बागमती प्रदेश प्रमुख सुदेशकुमार देवकोटाले हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप