सोलुखुम्बुमा हिमपोखरी फुटेको आशङ्का, थामे क्षेत्रमा त्रास

काठमाडौँ । सोलुखुम्बु जिल्लाको खुम्बु पासङल्हामु गाउँपालिका वडा नम्बर ५ मा हिमपहिरो गएको छ । हिमपोखरी फुटेर थामे क्षेत्रमा बाढी पसेको स्थानीयले खबर गरे पनि थप विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।
उनले बाढीले थामे गाउँमा ठुलो क्षति भएको हुनसक्ने आशङ्का गरिए पनि विवरणहरू आइनसकेको बताइन् । प्रमुख जिल्ला अधिकारी खत्रीले सदरमुकामबाट तीन दिन टाढाको क्षेत्रमा उक्त घटना भएको हो ।
‘सदरमुकामबाट निकै टाढाको क्षेत्र हो । गाडीमा एक दिन र पैदल दुई दिन हिँड्नुपर्छ । त्यसैले अहिले नै केही भन्न सक्ने अवस्था छैन’, प्रजिअ खत्रीले रातोपाटीसँग भनिन् ।
सूचना आएलगत्तै त्यस क्षेत्रमा नेपाली सेना र प्रहरी परिचालन गरिएको प्रजिअ खत्रीको भनाइ छ । हिमबाढीले दुधकोशी तटीय क्षेत्रका नागरिकहरूलाई समेत प्रभाव पार्ने बुझिएको छ । आसपासका क्षेत्रमा स्थानीय प्रशासनले सतर्कता अप्नाउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर
-
साई सुदर्शनको रन वर्षा जारी, राजस्थानसामु जितका लागि २ सय १८ रनको लक्ष्य
-
शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
-
नेपालको जीतमा बन्यो यस्तो रेकर्ड
-
महाधिवेशनबारे निर्णय गर्न रास्वपाले बोलायो वैशाख ४ गते केन्द्रीय समिति बैठक
-
रास्वपाले भन्यो, ‘सभापतिको दुई दिन, तीन रातको हिरासत बसाइ अवैध छ’