व्यवस्थापन सर्भेलाई अगाडि बढाउन मन्त्री खड्काकाे निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जाको विकासका लागि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता नियमावली र संस्थाको सङ्गठन तथा व्यवस्थापन सर्भेलाई अगाडि बढाउन निर्देशन दिएका छन् ।
केन्द्रको सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री खड्काको अध्यक्षतामा आज सिंहदरबारमा बसेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको बोर्ड बैठकमा उनले मुलुकमा नवीकरणीय ऊर्जाको विकासका लागि आवश्यक पर्ने नियमावली र संस्थाको सङ्गठन तथा व्यवस्थापन सर्भेलाई अगाडि बढाउन निर्देशन दिएका हुन् ।
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१ हाल सङ्घीय संसद्मा प्रस्तुत भइसकेको छ । मन्त्री खड्काले नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र लाग्नुपर्ने बताए ।
केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले बैठकमा केन्द्रमार्फत आव २०८०/८१ सञ्चालित कार्यक्रम र आयोजनाको प्रगतिको समीक्षा, आव २०८१/८२ को वार्षिक कार्यक्रम तथा बजेट विस्तृतीकरण, केन्द्रलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनलगायतमा छलफल भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षको रौनक : सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो
-
जुनीदेखि पिलीसम्म विचरण गर्दा
-
२८ दिनपछि नागढुंगा सुरुङ मार्गमा प्रहरी परिचालन गरी निर्माण थालियो
-
टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
-
कर्फ्यू लगाएपछि सुनसान देखिएको वीरगञ्जको घण्टाघर आसपासको सडक
-
परिस्थिति पेचिलो र गम्भीर छ, नयाँ वर्षले केही न केही निकास ल्याउँछ : प्रचण्ड