ईपीएसको हवाई टिकटमा वार्षिक ११५ करोड रुपैयाँ अपचलन भइरहेको छ : पूर्वमन्त्री अर्याल

काठमाडौँ । पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले ईपीएसमार्फत कोरिया जाने श्रमिकको टिकटको नाममा ठगी भइरहेको बताएका छन् ।
संसद्को उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता समितिको बैठकमा बोल्दै अर्यालले ईपीएसमार्फत कोरिया जाने श्रमिकको हवाई टिकटको नाममा वार्षिक ११५ करोड रुपैयाँ अपचलन भइरहेको बताए । एक जना श्रमिकबाट हवाई टिकटको नाममा आधाभन्दा बढी पैसा लिने गरेको उनले बताए ।
‘४ देखि ५०० डलरमा पठाउन सकिन्छ । तर अहिले ८९५ डलर तिरेर श्रमिक जान बाध्य छन्। यसले वार्षिक ११५ करोड रुपैयाँ श्रमिकको रकम अपचलन भइरहेको छ,’ अर्यालले भने ।
सरकारले कोरियन सरकारले नै सिधा उडान मार्फत मात्रै कामदार लैजानुपर्ने सर्त राखेको जनाइएको छ । जसले गर्दा हरेक वर्ष कोरियन एयरलाइन्सले ईपीएस मार्फत कोरिया जाने श्रमिकलाई लैजाने गरेको छ ।
तर, अर्यालले भने कोरियाले त्यस्तो कुनै सर्त नराखेको बताए । कोरियासँग कोभिडपछि गरिएको सहमतिमा बिहान ११ बजेभन्दा अगाडि कोरिया आइपुग्ने गरी कामदार पठाउन अनुरोध गरिएको उनले बताए ।
‘यही एयरलाइन्सबाट मात्रै ल्याउनुपर्ने भन्ने कहीँ सम्झौता छैन । कोरियाले बिहान ११ बजेअघि नै कामदार आइदियो भने सजिलो हुन्छ भन्ने मात्रै रहेछ । त्यो बाहेक केही छैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना
-
१२५ प्रतिशतबढी भन्सार लगाएपछि चीनसँग कुराकानी गर्ने ट्रम्पको उद्घोष
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
-
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ