जसपा नेपालले गठन गर्यो कोशी नामकरणविरुद्ध आन्दोलन परिचालन समिति

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलन परिचालन समिति गठन गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकबाट कोशी प्रदेश नामकरणको विरुद्धमा भइरहेको राष्ट्रिय पहिचानको आन्दोलनलाई समन्वय गरी आन्दोलनलाई अगाडि बढाउन समिति गठन गरेको हो ।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङको संयोजकत्वमा ९ सदस्यीय आन्दोलन परिचालन तथा समन्वय समिति गठन गरिएको केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए ।
समितिको सदस्यहरूमा पार्टीका केन्द्रीय सदस्यहरू राजकुमार राई, जयराम यादव, डा के के राई, लाक्पा शेर्पा, मच्छिन्द्र बेघा, शशी लिङदेन, कुन्ता राई र पार्टीका कोशी प्रदेश समिति अध्यक्ष दीपक याक्खा रहेका छन् ।
केन्द्रीय समितिको बैठकले पहिचानको आधारमा प्रदेशको नामकरणका लागि आन्दोलनको विकल्प नभएको निष्कर्ष निकाल्दै सङ्घर्ष समिति गठन गरिएको बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक