काम नगरेकालाई कारबाही गर्दा नाराजुलुस गर्दै हिँडे : मन्त्री भण्डारी
![काम नगरेकालाई कारबाही गर्दा नाराजुलुस गर्दै हिँडे : मन्त्री भण्डारी](https://npcdn.ratopati.com/media/news/sarad_H55XFfKfQz.jpg)
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कान नगर्ने संस्थालाई कारबाही गर्दा नारा जुलुस गर्दै हिँडेको बताएका छन् । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै मन्त्रीले भण्डारीले वैदेशिक रोजगारीमा जानु अघि श्रमिकलाई पूर्व प्रस्थान तालिम दिने संस्थालाई कारवाही गर्दा नारा जुलुस गर्दै हिँडेको बताएका हुन्।
वैदेशिक रोजगार विभाग र मातहतका निकायबाट गरिएको अनुगमनको क्रममा पढाउँदै नपढाइ हाजिरी मात्रै गरेको देखिएको थियो । त्यसपछि विभागले ४६ वटा संस्थालाई कारबाही गरेको थियो। कार्बाही गर्दै उनीहरूलाई निलम्बन गरेको थियो ।
कारबाहीमा परेकाहरूले कारबाही फुकुवा माग गर्दै उनीहरूले नारा जुलुस गर्दै हिँडेको मन्त्री भण्डारीले बताए। ‘अनुगमनको क्रममा टेबल कुर्सी समेत नरहेको भेटिएको थियो। त्यसपछि हामीले कारबाही गर्यौ। कारवाही गरेपछि स्पष्टीकरणका लागि समेत अवसर दिएका थियौँ। तर, कसैले पनि चित्तबुझ्दो जवाफ दिनुभएन। अहिले नाराबाजी गर्दै हिँड्नुभयो,’ मन्त्री भण्डारीले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन
-
ट्रम्पले भने, ‘प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूको सहयोग रोक्छु’
-
मस्कको ओपन एआई किन्ने प्रस्ताव अस्वीकार गर्दै अल्टम्यानले दिए ‘एक्स’ किन्ने अफर
-
अण्डा भन्दा बढी प्रोटिन पाइन्छ यी दुई शाकाहारी खानामा
-
क्यान टुक्र्याउने विधेयकको विपक्षमा पर्यटनमन्त्रीलाई ज्ञापन, आकाश ठप्प पार्ने चेतावनी
-
शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु