यस्तो छ ‘सतीदेवी’को ‘माया बसेको रैछ’ गीत
काठमाडौँ । लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को ‘माया बसेको रैछ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा निर्देशक सुवेदीको शब्द, दीपक शर्माको संगीत, प्रताप दास र दीपा लामाको स्वर छ । गीतमा फिल्मकी मुख्य अभिनेत्री मलिका महत र कलाकार सन्दीप बाबु लोहनीको रोमान्टिक अवतार हेर्न सकिन्छ ।
फिल्ममा मलिका र सन्दिपको अलवा हर्षिका वली, मन्जिला बानियाँ, रमेश वुढाथोकी, कुल बहादुर अधिकारी, भोलाराज सापकोटा, सिर्जना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनीषा सापकोटा लगायतका कलाकारको अभिनय छ ।
लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा तयार भएको फिल्ममा दिलासा, सारा, योगेश, विवेक, समीक्षा, लक्की, लोकप्रसाद र श्रीदेवी सुवेदीको लगानी छ ।
फिल्ममा तारा थापाको सम्पादन, दीपक शर्मा र सुभाष भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा देव महर्जनको एक्सन छ । नारीप्रधान यो फिल्म भदौको ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदेश पराजुलीलाई श्रम तथा रोजगार विभागको जिम्मा
-
दलित युवामाथि अत्याचार गरेको भन्दै गृहमन्त्री लेखकविरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
फिल्म ‘हन्टर’मा यस्तो छ अरुणको लुक्स
-
‘डिपोर्ट’ गरिएका १०४ भारतीय नागरिक लिएर अमृतसर आइपुग्यो अमेरिकी सेनाको विमान
-
एक घण्टा थाल ठटाएर विरोध प्रदर्शन, तस्बिरहरू
-
अमेरिकाले विदेश सहायता काट्दा किन खुसी भयो इरान ?