महिला टी–२० विश्वकप आयोजनाको प्रस्ताव भारतद्वारा अस्वीकार
काठमाडौँ । महिला टी–२० विश्वकपको आगामी संस्करण आयोजना गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले गरेको प्रस्तावलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हार्दिकतापूर्वक अस्वीकार गरेको छ ।
टी–२० महिला विश्वकप बङ्गलादेशमा आयोजना गर्ने कार्यक्रम तय भएको थियो । तर, पछिल्लो समय बङ्गलादेशमा भएको राजनीतिक अस्थिरताका कारण आईसीसीले वैकल्पिक ‘भेन्यू’ को खोजी गरिरहेको बताइएको छ ।
आईसीसीले बङ्गलादेशबाट प्रतियोगिता सार्ने औपचारिक निर्णय भने गरिसकेको छैन । आईसीसीले बङ्गलादेशको पछिल्लो अवस्थालाई आफूहरूले गम्भीरतापूर्वक अवलोकन गरिरहेको जनाएको छ । प्रतियोगिता अक्टोबर ३ देखि २० तारिखसम्म सञ्चालन गर्ने कार्यक्रम छ ।
बङ्गलादेशको अवस्थामा सुधार नआए प्रतियोगिता भारत सार्ने आईसीसीको तयारी थियो । तर, बीसीसीआईका सचिव जय शाहले भने आफूहरू आगामी टी–२० महिला विश्वकप आयोजना गर्न असक्षम रहेको जवाफ दिएका छन् ।
बीसीसीआईले आफ्नो कार्यतालिका व्यस्त रहेको कारण देखाउँदै विश्वकप आयोजनाका लागि असमर्थता जनाएको समाचारमा जनाइएको छ । आईसीसीले अगस्त २० तारिखभित्र महिला विश्वकपको बारेमा स्पष्ट निर्णय गर्नुपर्ने हुन्छ ।
भारतले आयोजनाको प्रस्ताव अस्वीकार गरेपछि अब आईसीसीले श्रीलङ्का र संयुक्त अरब इमिरेट्स (यूएई) लाई विकल्पका रुपमा हेरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशौँ राष्ट्रिय खेलकूद : सुदूरपश्चिमको छनोट धनगढी र महेन्द्रनगरमा
-
१२ बजे, १२ समाचार : झापामा गोली चल्योदेखि रविविरुद्ध चितवनमा पनि मुद्दा दायरसम्म
-
कांग्रेसका जनप्रतिनिधिले हरेक २ महिनामा प्रगति विवरण पार्टीलाई बुझाउनु पर्ने
-
झापामा गोली चल्यो, एक जना घाइते
-
तीन वर्षीय बालक ६ दिनदेखि बेपत्ता
-
ढोरपाटनको विकासमा लाग्न प्रतिबद्ध छु: भट्टचन