बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

‘ह्रस्व दीर्घ’ को प्रदर्शन मिति पोस्टपोन्ड

शुक्रबार, ३२ साउन २०८१, १२ : १६
शुक्रबार, ३२ साउन २०८१

काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’ को प्रदर्शन मिति पोस्टपोन्ड भएको छ । संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेबाट प्रदर्शन आउन लागेको फिल्मको प्राविधिक कार्य नसकिने भएपछि प्रदर्शन पोस्टपोन्ड गर्न लागेको अभिनेत्री नीता ढुंगानाले जानकारी दिइन् ।
फिल्मको मुम्बईमा पोस्ट प्रोडक्सनको काम भइरहेको छ । असोज ३ गते प्रदर्शन गर्ने गरी निर्माण टिमले विभिन्न चरणमा पोस्टरसहित एक गीत ‘उठेर नाचिस्यो’ सार्वजनिक गरेको थियो । रिलिज सर्ने भएपछि गीतबाट प्रदर्शन मिति समेत हटाइएको छ ।

फिल्म अब तिहारपछि रिलिज गर्ने योजनामा निर्माण टिम छ । द्वन्द्व निर्देशक चन्द्र पन्तको निर्देशन रहेको ‘ह्रस्व दीर्घ’ मा नेपाली र भारतीय कलाकारले भरिएका छन् । 

फिल्ममा नेपालबाट नीता ढुंगाना, हरिहर अधिकारी, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, किरण केसी, गरिमा शर्मा, बुद्धि तामाङ लगायतको अभिनय छ भने  साउथबाट ब्रम्हानन्दम, अली, ‘गजनी’ भिलेन प्रदीप रावत, ‘पुष्पा’ भिलेन सुनील वर्मा र कबीर दुहन सिंहको मुख्य भूमिका छ । नीता फिल्मस्को प्रस्तुतिमा तयार भएको यो फिल्मको कार्यकारी निर्मातामा धनन्जय गलानी छन् ।

हरिहर अधिकारीको कथा एवं प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका ‘भेट्रान’ छायाकार कवीरलालले खिचेका हुन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’, ‘वेलकम ब्याक’ जस्ता कयैन हिन्दी फिल्म खिचेका छन् ।

फिल्म नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुन लागेको हो । फिल्मको बजेट ६ करोडमाथि बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप