इसरोले लन्च गर्यो नयाँ रकेट
शुक्रबार, ३२ साउन २०८१, ११ : ५९
![इसरोले लन्च गर्यो नयाँ रकेट](https://npcdn.ratopati.com/media/news/isharo_OHBNYkJ5gn.jpg)
नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले नयाँ रकेट लन्च गरेको छ । आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट रकेट एसएसएलवी–डी३/ईओएस–०८ मिसनको तेस्रो उडान सुरु गरेको हो ।
इसरोको यो मिसन सफल भएपछि प्राकृतिक प्रकोपसँग सम्बन्धित जानकारी सङ्कलन गर्न सहज हुने बताइएको छ । प्रक्षेपणको समयमा इसरो प्रमुख एस सोमनाथ पनि उपस्थित थिए । ‘अन्तरिक्ष यानको योजनाअनुसार रकेट सही कक्षमा स्थापित भइसकेको छ । मलाई लाग्छ यसको स्थितिमा कुनै विचलन हुने छैन’ सोमनाथले भनेका छन् ।
अहिलेलाई सबै ठिकठाक रहेको पनि उनले बताए । एसएसएलवीको प्रक्रिया पूरा भएको अब आफूहरूले भन्न सक्ने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद बैठक : अर्थ मन्त्रालयको सचिव परिवर्तन
-
१० बजे १० समाचार : प्रधानमन्त्रीलाई पदमुक्त गर्न मागसहित मुद्दादेखि संसदमा ‘जनयुद्ध जिन्दावाद’को नारासम्म
-
आहा रारा पोखरा गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
-
एमाले निकट मेनपावर व्यवसायीले पेलेको भन्दै व्यवसायीले थाले हस्ताक्षर अभियान
-
कञ्चनजङ्घा आरोहणको ७० वर्ष : ‘हीरक महोत्सव’ हुने
-
बेलबारीमा फागुन १६ गतेदेखि प्रादेशिक ललितकला प्रदर्शनी हुने