सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कहिले बल्लान् काठमाडौँका ट्राफिक लाइट ?

कहिले बल्लान् काठमाडौँका ट्राफिक लाइट ?

शुक्रबार, ३२ साउन २०८१

काठमाडौँ । काठमाडौँका प्रमुख सडक र चोकमा राखिएका ट्राफिक बत्ती अधिकांश समय बन्द नै रहन्छन् । एकाध ठाउँमा चलेपनि अफिस समयमा भने ती ट्राफिक लाइट पनि बन्द भएर ट्राफिक प्रहरीले नै ट्राफिक व्यवस्थापन गरिरहेका हुन्छन् । 

रेकर्ड अनुसार राजधानीमा सहित उपत्यका भित्र ६६ स्थानमा ट्राफिक लाइट छन् तर काम भने १८ स्थानकाले मात्रै गर्छन् । अफिस समयमा चाप बढी हुँदा सिंहदरबार अगाडी ट्राफिक व्यवस्थापन गर्नै हम्मे हम्मे पर्छ भने थापाथली चोकको अवस्था पनि उस्तै हुन्छ । 

थापाथलीको जाम ललितपुरको कुपण्डोल, काठमाडौँको त्रिपुरेश्वर र माइतीघरसम्म नै पुग्छ । तर पनि सरोकारवाला निकाय सडक विभाग र काठमाडौँ महानगरपालिका भने यसबारेमा मौन रहन्छन् । 

स्थलगत अवलोकनमा पनि सिंहदरबार अगाडि, बबरमहल, नक्साल, गैरीधारा, त्रिचन्द्र कलेज अगाडि, मीनभवन, सुनधारा टेलिकम अगाडि, बल्खु चोक, सानेपा (ललितपुर), पुल्चोक, कालीमाटी, नयाँ बानेश्वर, कोटेश्वर, कौशलटार, सल्लाघारी, कमलपोखरी चोक, सानेपा र टिचिङ अस्पताल अगाडिका ट्राफिक लाइट सञ्चालनमा छन् । अन्य ४८ स्थानमा रहेका ट्राफिक लाइट बिग्रिएका छन् ।

traffic light (1)traffic light (2)traffic light (3)traffic light (4)traffic light (5)traffic light (6)traffic light (7)traffic light (8)traffic light (9)traffic light (10)traffic light (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया