अफ्रिका बाहिर एमपक्सको थप सङ्क्रामक भ्यारिएन्ट भेटियो

स्टकहोम । अफ्रिकी महादेशबाहिर एमपक्सको थप सङ्क्रामक भ्यारिएन्टको पहिलो सङ्क्रमण पुष्टि भएको छ । स्वीडेनको जनस्वास्थ्य एजेन्सीले बताएअनुसार सङ्क्रमित व्यक्ति अफ्रिकामा बस्दा एमपक्सको चपेटामा आएका हुन् । अफ्रिकाका केही भागमा समेत फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालै मात्र एमपक्सलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको थियो ।
डब्ल्यूएचओले यो रोगलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय बताएको छ । स्वीडेनको जनस्वास्थ्य एजेन्सीका कार्यवाहक प्रमुख ओलिभिया विग्जेलका अनुसार अन्य व्यक्तिमा सङ्क्रमणको जोखिम कम गर्न सकियोस् भनेर सङ्क्रमित व्यक्तिले स्टकहोममा उपचार गराउन आग्रह गरेका थिए ।
डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र सो क्षेत्रभन्दा बाहिर पनि यो रोग फैलिने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका थिए । एमपक्स सङ्क्रामक रोग हो । यसलाई पहिले मंकीपक्स भनिन्थ्यो । अफ्रिकी देश कङ्गोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीले ज्यान गुमाइसकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर युद्ध : चीनले अमेरिकी सामानमा १२५% कर लगाएपछि ट्रम्पले के भने ?
-
६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ३० मेगावाट मात्रै उत्पादन
-
इटालियन सिरी’एमा एसी मिलानको शानदार जित
-
वैशाख पहिलो साता कर्णाली एजुकेशन एक्स्पो हुने
-
यसरी बन्दैछ त्रिवि मैदानमा प्यारापिट, तस्बिरहरू
-
ला लिगामा ३१ औं चरणका खेल सुरु, भ्यालेन्सियाले सेभियालाई हरायो