३४ पेनाल्टी प्रहारपछि आयाक्स युरोपा लिग छनोटको प्ले–अफ चरणमा

काठमाडौँ । युरोपा लिग फुटबलको तेस्रो चरणको छनोट प्रतिगोयतामा डच क्लब आयाक्सले रोमाञ्चक जित हासिल गरेको छ । आयाक्सले बिहीबार राति खेलिएको खेलमा ग्रिसको क्लब पानाथिनाइकोसलाई पेनाल्टी सुटआउटमा हराएको हो ।
निर्धारित र थप गरिएको समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि हार–जितका लागि पेनाल्टी सुटआउटको मद्दत लिनु परेको थियो । पेनाल्टी सुटआउटमा पनि ३४ प्रहारपछि मात्र विजेता टोलीको टुङ्गो लागेको थियो ।
पेनाल्टी सुटआउटमा आयाक्सले पानाथिनाइकोसलाई १३–१२ गोलले हराएको हो । जितसँगै आयाक्स छनोट चरणको प्ले–अफ चरणमा प्रवेश गरेको छ । आयाक्सको जितमा ४० वर्षीय गोलरक्षक रेम्को पासभिर नायक बने ।
उनले पेनाल्टीमा पाँचवटा प्रहार जोगाएका थिए भने एउटा गोल पनि गरेका थिए । पेनाल्टी प्रहारमा आयाक्सका लागि डिफेन्डर एन्टोन गाईले निर्णायक गोल गरेका थिए । पेनाल्टी सुटआउट २५ मिनेटसम्म चलेको थियो । युरोपिन प्रतियोगितामा यो दोस्रो सर्वाधिक पेनाल्टी प्रहार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
-
मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
-
सेन्ट जेभियर्स कलेजमा राष्ट्रियस्तरको ४८ घण्टे ह्याकाथन सम्पन्न