विद्यार्थीहरुद्वारा परीक्षा नियन्त्रण कार्यालयमा किताब पढेर विरोध प्रदर्शन

काठमाडौँ । नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीलगायत विभिन्न विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा धर्ना थालेको छ । विद्यार्थीमैत्री प्रशासन नभएको भन्दै उनीहरुले कार्यालयमा धर्ना दिएका हुन् ।
रचनात्मक रूपमा कार्यालयमा किताब पढेर विरोध प्रदर्शन गरेको अखिल क्रान्तिकारी त्रिवि जिल्ला कमिटी अध्यक्ष प्रदीप भट्टले बताए ।
विद्यार्थीहरुले ट्रान्सकृप्ट कहिले बन्छ भनेर सोध्दा तपाई आतंककारी हो भन्ने जवाफ प्रशासनबाट आउने गरेको, विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने गरेको जस्ता कारण देखाउँदै आन्दोलन थालिएको उनको भनाइ छ ।
कार्यालयभित्रै बसेर उनीहरुले बल्खुको चमत्कार, नतिजा हेर्न नमिल्ने वेबसाइट, एउटा प्रमाणपत्र बनाउन सात महिना धाइसके अब कति धाउने ? विद्यार्थीको भविष्यमाथि खेलबाड कहिलेसम्म ? विद्यार्थी प्रशासन कहिले बन्छ ? जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर आन्दोलन थालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ ‘नरसिंहाः अवतार’ मा नीति शाहको लुक्स
-
कर्फ्युअघि पर्सामा ७० राउण्ड अश्रुग्यास प्रहार, २ राउण्ड हवाइ फायर
-
२ गोलले पछि परेको अवस्था उल्टयाउँदै चौथो स्थानमा उक्लियो सिटी
-
पेप्सीकोलाबाट ६० लाख लुटपाट, १३ जना पक्राउ
-
कनेक्ट आईपीएसजस्तै देखिने फेक यूआरएलबाट सावधान रहन आग्रह
-
त्रिविमा उपप्राध्यापक परीक्षाको रोचक नतिजा : २५ जना माग गरेकोमा ३ जना पास