निगमको निर्णय
पेट्रोलको मूल्य अब ५ रुपैयाँ सस्तो
बिहीबार, ३१ साउन २०८१, २० : २४

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोलको प्रतिलिटर ५ तथा डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।
भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगमले पनि आन्तरिक बजारमा मूल्य समायोजन गरेको हो । जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५५ रुपैयाँ पर्ने भएको छ । घटेको मूल्य शुक्रबारदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’