बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बोर्ड अध्यक्षका लागि ६ जनाले दिए निवेदन

बिहीबार, ३१ साउन २०८१, २० : ०२
बिहीबार, ३१ साउन २०८१

काठमाडौँ । चलचित्र विकास बोर्ड अध्यक्ष पदका लागि ६ जनाको आवेदन परेको छ । आवेदन दिनेमा निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी र राष्ट्रिय नाचघरका पूर्वमहाप्रवन्धक राजेश थापा, अभिनेत्री करिस्मा मानन्धर, फिल्म निर्माता तथा बोर्डका पूर्वसदस्य अर्जुनकुमार डंगोल, बोर्डका पूर्वसदस्य तथा निर्देशक प्रकाश भट्टराई र निर्देशक दीपा पाण्डे बस्नेत रहेका छन् ।

गत साउन ९ गते भुवन केसीको दुई वर्षे कार्यकाल पूरा भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि साउन १६ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको थियो ।

भुवन केसीको कार्यकाल सकिँदै गर्दा अध्यक्ष पदमा थुप्रै जना आकांक्षी देखिए पनि निवेदन भने ६ जनाले मात्र दिएका हुन् । आवेदन दिने म्याद बिहीबार सकिएको छ ।

आवेदन दिने मिति सकिएपछि मन्त्रालयले कार्ययोजना, प्रस्तुतीकरण र अन्तरवार्ता दिनका लागि सूचना जारी गर्नेछ । त्यसपछि, मन्त्रालयले आवेदन दिएका व्यक्तिहरूको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । मन्त्रीपरिषद्ले ती नामबाट एक जनालाई विकास बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप