१५ हजार घुससहित प्रहरी हबल्दार अख्तियारको फन्दामा
बिहीबार, ३१ साउन २०८१, १९ : ५९

काठमाडौँ । १५ हजार रुपैयाँ घुससहित एक जना प्रहरी हवल्दालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी (सुस्तापश्चिम) को प्रहरी चौकी भुजुवा दरबन्दी भई रुपन्देहीको भैरहवास्थित अस्थायी प्रहरी बिट बसपार्कमा कार्यरत प्रहरी हबल्दार डुक बहादुर खड्का बिहीबार पक्राउ परेका हुन् ।
भारतबाटभगवानपुर नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोली उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
उनलाई रुपन्देहीकै रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित सिमरहा चौक नजिकबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घिब्ली शैलीको एआईचित्रबारे चर्कियो बहस : यो कलाको अपमान हो
-
मिल्न छाडेर एकअर्काविरुद्ध लाग्दै गैरआवासीय नेपाली संघका दुई पक्ष
-
ईयू कोष दुरुपयोग मामिलामा दोषी भेटिइन् मरिन लि पेन
-
पुटिनसँग रिसाएको ट्रम्पको भनाइमा के भन्छन् जेलेन्स्की ?
-
दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक
-
साउदी अरब जाँदैछन् ट्रम्प, के छ एजेन्डा ?