भक्तपुर दुर्घटना
गठ्ठाघरमा दुर्घटनामा मृत्यु हुने स्कुटर चालकको अझै भएन सनाखत
बिहीबार, ३१ साउन २०८१, १९ : ५०

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्यु हुने स्कुटर चालकको सनाखत हुन सकेको छैन । यसअघि एकजना युवकले दुर्घटनामा पर्ने सुस्मा नेपाली आफ्नो बहिनी भएको दाबी गरे । तर, दोलखाको मेलुङ गाउँपालिका–६ घर भएकी २६ वर्षीया सुस्मा नेपाली जिल्ला प्रहरी परिसर भक्तपुरको सम्पर्कमा पुगेकी छन् ।
मृतकको सनाखत गर्ने प्रयास भइरहेको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले बा.४९ प ८९४४ नम्बरकी स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । स्कुटर चालकलाई ट्रकले केही मिटर लछारेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
ट्रकको चक्काले किचेको अवस्थामा प्रहरीले मृतकको शव निकालेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य विरुद्धको कसुरमा संलग्न १६ जनाको बयान पुरा, प्रसाईँलाई सोध्ने प्रश्न तयार गरिँदै
-
पहलगाम हमला : अब नेपाल पनि सचेत रहनुपर्ने वेला आयो
-
मोदीको कडा भाषणः अब आतंककारीहरूको बाँकी धर्ती ध्वस्त पार्ने समय आएको छ
-
भारतद्वारा पाकिस्तानीलाई मेडिकल भिसा पनि बन्द
-
राप्रपा नेपालले वैशाख १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने
-
अमेरिकाबाट डिपोर्ट भई नेपाल आएका चार भुटानी शरणार्थीलाई बन्दीगृहमा नराख्नू : सर्वोच्च अदालत