मधेस प्रदेशको आन्तरिक मामिला मन्त्रालयका तत्कालीन उपसचिवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । मधेस प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तत्कालीन उपसचिव अवधकिशोर प्रसाद कुशवाहासमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गैरकानुनी लाभ तथा हानी पुर्याई राज्यकोषको सम्पत्ति भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार कुशवाहालगायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७७–०७८ मा ईलाका प्रहरी कार्यालय, गौशाला, महोत्तरीको कम्पाउण्ड वाल निर्माण कार्य गर्दा गुणस्तरहीन काम गराएर रकमहिनामिना गरेको ठहर गर्दै अख्तियारले कुशवाहा, पूर्वाधार विकास कार्यालय, धनुषाका तत्कालीन निमित्त प्रमुख रविचन्द्र पजियार र करार सेवामा कार्यरत तत्कालीन इन्जिनियर राममनिज यादवका साथै निर्माण व्यवसायी राकेश प्रसाद जायसवालविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरुविरुद्ध पाँच लाख एकतीस हजार चार सय अठ्ठाइस रुपैयाँ पैसा सत्तरी बिगो कायम गरी कानुन अनुसार सजाय र जरिवानासमेत मागदाबी गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
-
ट्रम्पद्वारा प्रमुख क्षेत्रमा चिनियाँ लगानीमाथि कडा प्रतिबन्ध लगाउने आदेश
-
उडिसाबाट काँकरभिट्टा हुँदै २० जना विद्यार्थी फर्किए
-
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण
-
बुटवलमा ललितकला प्रदर्शनी सुरु
-
हमासद्वारा ६ मध्ये दुई बन्धक रिहा, इजरायले ६ सयभन्दा बढी प्यालेस्टिनीलाई छाड्ने