मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव भदौ २८ गते हुने, ९ विद्यार्थी सङ्गठन दर्ता

सुर्खेत । यसअघि स्थगित भएको मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भदौ २८ गते हुने भएको छ ।
त्यसका लागि विद्यार्थी सङ्गठनहरु अग्रसर भइसकेका छन् । बिहीबार ९ वटा विद्यार्थी सङ्गठनहरुले आ–आफ्नो सङ्गठन दर्ता गराएका छन् । स्ववियु निर्वाचन अधिकृतको कार्यालयमा सङ्गठन दर्ता गरिएका हुन् ।
दर्ता हुनेमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियू, एमाले निकट अनेरास्ववियु, नेमकिपा निकट विद्यार्थी संघ, क्रान्तिकारी विद्यार्थी सङ्गठनलगायत ९ वटा रहेका छन् ।
यसअघि उपकुलपति नन्दबहादुर सिंह हुँदा अनेरास्ववियूको विषयलाई लिएर अदालतमा मुद्दा परेको थियो । त्यसपछि स्ववियु निर्वाचन रोकिएको थियो । मुद्दाको फैसला भएसँगै निर्वाचन हुन लागेको निर्वाचन समितिले जनाएको छ ।
यसअघि स्ववियु सभापति नेविसंघले पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत
-
चार स्रष्टालाई पारिजात सम्मान
-
यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो
-
समाजवादी ट्रेड युनियन महासंघको महाधिवेशन हुँदै
-
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु