गठ्ठाघर दुर्घटना
ट्रक चालक फरार, स्कुटर चालकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा
बिहीबार, ३१ साउन २०८१, १७ : १३
१

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको शव प्रहरीले अस्पताल पठाएको छ । शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले स्कुटरलाई लछारेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए । दुर्घटनामा परेर बा.४९ प ८९४४ नम्बरका स्कुटर चालकले ज्यान गुमाएका हुन् ।
मृतकको सनाखत भएको छैन । ट्रकको चक्काले किचेको अवस्थामा प्रहरीले मृतकको शव निकालेको छ ।
ट्रक चालक फरार रहेको र खोजी भइरहेको एसएसपी मैनालीले जानकारी दिए । घटनास्थलमा करिब २ हजार प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । स्थिति नियन्त्रणमा लिन काठमाडौंबाट १९५ जना थप प्रहरी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पुरुषमाथि कुटपिटमा संलग्न चार जना ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
-
सरकारको औचित्यमाथि प्रश्नैप्रश्न : हुकुमी शासनको अभ्यास !
-
पाटन क्याम्पसमा २० गते स्ववियु निर्वाचन हुने
-
रघुजीलाई बधाई दिँदै विद्या भट्टराईले भनिन् - अबको यात्रा सार्वजनिक शिक्षाको सवलीकरणमा
-
एमालेले बाेलायाे संसदीय दलको बैठक
-
सार्वजनिक खरिद नियमावली चौधौँ संशोधन : ठुला आयोजना ईपीसी मोडलमा