आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

दुबईमा ‘सिएनए इन्टरनेशनल अवार्ड’ हुँदै

बिहीबार, ३१ साउन २०८१, १६ : ५१
बिहीबार, ३१ साउन २०८१

दुबई । पछिल्लो समय गीत, सङ्गीत, चलचित्र र विविध कार्यक्रमको लागि व्यस्त रहेको दुबईमा सिएनए इन्टरनेशनल अनर अवार्ड आयोजना हुने भएको छ । सेलिब्रेटी नेपाल प्रतिष्ठान र साथीभाइ इन्टरटेन्मेन्टले ग्रिन नेपाल ट्राभल्सको सहकार्यमा दुबईमा अवार्ड आयोजना गर्न लागेको हो ।

आयोजक संस्थाका अध्यक्ष एवं चलचित्र पत्रकार सङ्घ नेपालका केन्द्रीय महासचिव रघुनाथ सापकोटाका अनुसार विभिन्न क्षेत्रमा स्थापित भएका सामाजिक व्यक्तिहरू जसले नेपालको कला, संस्कृति, चलचित्र, पर्यटन र पत्रकारिता लगायतका क्षेत्रमा विशेष योगदान गरेका छन्, उहाँहरूलाई आयोजक संस्थाले मूल्याङ्कनको आधारमा अवार्ड प्रदान गर्नेछ । 

नेपाली कला, साहित्य र चलचित्रका केही चलचित्रकर्मी र कलाकर्मीका साथै पत्रकार र दुबईमा रहेका प्रतिष्ठित व्यक्तिहरुलाई विशेष सम्मानका साथ अवार्ड प्रदान गरिनेछ । अगस्ट १७ अर्थात् भाद्र १ गते दुबईको क्लब एसके सेभेनमा आयोजना हुन लागेको अवार्डमा नेपालबाट कलाकार, अतिथि र पत्रकार गरी २० बढीको सहभागिता रहनेछ । 

जसमा अभिनेता पल शाह, गायक प्रताप दास, गायिका रेखा शाह, मोडल दीपक घिमिरे, निर्देशक कमल एक्चै मगर, नितिन चन्द, ओएसआर डिजिटलका ओम अग्रवाल, हाइलाईट्स नेपालका जनक तामाङ, चलचित्र पत्रकार सङ्घ नेपालका अध्यक्ष समीर बलामी लगायत सहभागी हुनेछन् ।

दुबईमा कार्यक्रमको सम्पूर्ण व्यवस्थापन तथा तयारी गरिरहेका साथीभाइ इन्टरटेन्मेन्टका हरि मोक्तानले भव्य समारोह आयोजनाका लागि सम्पूर्ण तयारी सकेको बताएका छन् । दुबईमा साङ्गीतिक कार्यक्रम सहित अवार्ड समारोहको आयोजना गरिएको मोक्तानले बताए । कार्यक्रमको व्यवस्थापन तथा डिजाइन बलामी फिल्म इन्टरटेन्मेन्टले गरेको हो ।

नेपाल कला, संस्कृति, चलचित्र, सामाजिक र पर्यटन क्षेत्रको प्रवर्द्धन र त्यस क्षेत्रमा लामो समयदेखि काम गरिरहेका व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले सिएनए इन्टरनेशनल अनर अवार्ड आयोजना गरिएको अध्यक्ष सापकोटाले बताए । कार्यक्रममा गैर आवासीय संघका पदाधिकारीहरु, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको पनि सहभागीता रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप