प्रभाकरले पार्टी फुटाउने भनेर भएको आशङ्का गलत हो : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान केपी ओली सरकारको काम कारबाहीबारे केही दिनमा संसद्मै बोल्ने भएका छन् ।
बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘यो सरकारको विषयमा म केही दिनमा संसद्मै बोल्छु ।’ त्यसैगरी पार्टी विभाजनबारे चलेको हल्ला पनि गलत भएको प्रचण्डले बताए । ‘पार्टी फुट्ने हल्ला निराधार हो । पार्टीमा गरिएको आशङ्का र भ्रम पनि यो बैठकबाट चिरियो’, उनले भने, ‘कमरेड प्रभाकरले पार्टी फुटाउने भनेर भएको आशङ्का गलत हो ।’
टीआरसी विधेयकका सवालमा प्रचण्डले अब शान्ति प्रक्रिया टुङ्गोमा पुग्न लागेको भन्दै लामो समय लगाएर विधेयकलाई पीडित मैत्री बनाउने प्रयास गरिएको बताए । ‘पीडित साथीहरूलाई ढुक्क रहन आग्रह गर्छु अब सबै मिलेर कार्यान्वयनमा लैजानुपर्छ । उनीहरूका लागि परिपूरण र सम्मान भएकाले कसैले पनि अन्यथा लिनुपर्ने छैन’, प्रचण्डको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको कारोबारको पहिलो दिन नेप्से ५.३२ अंकले बढ्यो
-
तत्काल माओवादीको विशेष महाधिवेशन बोलाउन प्रदेश अध्यक्षहरुको दबाब
-
सरकारले भूकम्प र बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्ने
-
जनकपुरधाममा रङ्गशाला बनाउन डीपीआर तयार गरिँदै
-
ओलीले केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)
-
रास्वपाबारे ओली : ‘पपुलिज्म’को जगमा उभिएका समूहहरूको ‘नयाँपन’ को व्यर्थता उदाङ्गो