भक्तपुर दुर्घटना
ट्रकको ठक्करबाट मृत्यु भएकी स्कुटर चालकको शव प्रदर्शनकारीले निकाल्न दिएनन्
बिहीबार, ३१ साउन २०८१, १६ : ४५

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ । कौशलटारबाट गठ्ठाघर तर्फ गएको ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले स्कुटरलाई लछारेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए ।
बा.४९ प ८९४४ नम्बरकी स्कुटर चालकको मृत्यु भएपछि त्यहाँ प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले शव निकाल्न दिएका छैनन् । ट्रकले स्कुटरलाई लछारेर हत्या गरेको प्रत्यक्षदर्शीले जिकिर गरेका छन् ।
भक्तपुरका एसपी वेद विष्ट नेतृत्वको टोलीले घटनास्थलमा गएर शव निकाल्ने प्रयास गरिरहेका छन् । प्रदर्शनका कारण यातायात प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?