बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कांग्रेस र एमाले मिलेर आगामी निर्वाचनमा जान माओवादी सांसदको सुझाव

बिहीबार, ३१ साउन २०८१, १५ : ०९
बिहीबार, ३१ साउन २०८१

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले आगामी निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर निर्वाचनमा जान सुझाव दिएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

सांसद सुवेदीले नेपालमा अहिले दुई तिहाइको सरकार रहेको उल्लेख गर्दै २०८४ को चुनावमा पनि दुई वटा पार्टी मिलेर चुनाव जितेर देश कब्जा गर्न भन्दै टिप्पणी गरे । अधिनायकवादतिर जाँदा श्रीलंका र हालै बंगलादेशको अवस्थाबारे सोच्न पनि उनले आग्रह गरे । उनले संविधान संशोधन जनताबाट निर्वाचन कार्यकारी प्रमुखमा गर्न सुझाव दिए । 

सांसद सुवेदीले समानुपातिक हटाउन र घटाउने नभई पूर्ण समानुपातिकमा जान आग्रह गरे । महिला संसदमा ५० प्रतिशत हुनुपर्ने र समाजअनुसारको संसद्को बनावट हुनुपर्ने उनले बताए । 

सांसद सुवेदीले सरकार अस्थिर भयो भनेर दुई तिहाइको सरकार बनाएको भन्न नमिल्ने बताए । उनले नेपाली कांग्रेस नामको मात्रै लोकतन्त्रवादी बनेको आरोप लगाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप