राष्ट्रिय परिचयपत्रलाई सबै क्षेत्रमा लागू गर्नुपर्छ : सांसद शेर्पा

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय परिचयपत्रलाई सबै क्षेत्रमा लागू गर्नुपर्ने बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सांसद शेर्पाले देशमा राष्ट्रिय परिचयपत्रको बारेमा धेरै प्रश्न उठ्ने गरेको बताए । उनले सरकारबाट गल्ती कमजोरी भएको भए पनि त्यसमा सुधार गरेर अघि बढ्नुपर्ने बताए । उनले राष्ट्रिय परिचयपत्र लागू गर्दा निश्चित समय तोक्नुपर्ने बताए । उनले सामाजिक सुरक्षा भत्ताहरूमा हुने अनियमितता पनि राष्ट्रिय परिचयपत्र लागू भएपछि कम हुँदै गएको बताए । उनले राष्ट्रिय परिचय पत्र लागू गराउन सबैले पहलकदमी लिनुपर्ने बताए ।
उनले भने, ‘देशमा राष्ट्रिय परिचयपत्रको बारेमा धेरै कुरा उठ्ने गरेको छ । सरकारबाट गल्ती कमजोरी भएको छ । नेशनल आइडीलाई कुनैपनि ठाउँमा लागू गर्दा एक वर्ष वा डेढ वर्ष समय हुनुपर्छ । तर आज यो देशमा नेशनल आइडी लागू भइसकेपछि देशले धेरै फाइदाहरु महसुस गर्नुपर्छ । हाम्रो देशमा जुन किसिमको वृद्ध भत्ता लगायतका सामाजिक सुरक्षा भत्ताहरू छन्, त्यो तीन, चार ठाउँमा नै लिने गरेको रहेछ ।’
सांसद शेर्पाले संविधान संशोधन एउटा प्रक्रियाबाट हुने बताए । उनले सत्तामा बस्ने शासकहरूले विधिको शासन चलाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु
-
छ वर्षपछि उत्तर कोरियामा प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता