बेलायती अर्थतन्त्र बढ्ने क्रम जारी

लन्डन । यो वर्षको दोस्रो त्रैमासमा बेलायतको अर्थतन्त्र शून्य दशमलव ६ प्रतिशतले बढेको छ । गएको वर्षको अन्त्यमा मन्दीको फसेको अर्थतन्त्रमा पुनर्बहाली जारी रहेको बेलामा यो तथ्याङ्क सार्वजनिक भएको हो ।
वृद्धिको यो आकार अर्थशास्त्रीहरूको अनुमानसँग ठ्याक्कै मेल खाएको समाचारमा जनाइएको छ । पहिलो त्रैमासमा अर्थतन्त्र शून्य दशमलव ७ प्रतिशतले बढेको थियो । सेवा क्षेत्र विशेषगरी आइटी उद्योग, कानुनी सेवा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा देखिएको वृद्धिका कारण आर्थिक वृद्धिदरले टेवा पाएको बताइएको छ ।
बेलायतको अर्थतन्त्रमा सेवा क्षेत्रको अनुपात सबैभन्दा ठुलो छ । समीक्षा अवधिमा उत्पादन र निर्माण दुवै क्षेत्रको उत्पादन घटेको छ ।
गएको वर्षको दोस्रो अर्धवार्षिक अवधिमा कमजोर देखिएको बेलायती अर्थतन्त्र यो वर्षको पहिलो दुई त्रैमासमा सुदृढ रूपमा बढेको बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालय ओएनएसका आर्थिक तथ्याङ्क निर्देशक लिज म्याककिवनले भनेका छन् ।
पछिल्लो त्रैमासमा अर्थतन्त्रमा विस्तार देखिएको भएपनि जुनमा वृद्धिदर सुस्त थियो । यस्तोमा अर्थशास्त्रीहरूले वर्षको बाँकी अवधिमा वृद्धि सुस्ताउन सक्ने चेतावनी दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले तोक्यो प्रदेश इन्चार्ज, को कहाँ ?
-
सातै प्रदेशका उपसभामुखलाई मुख्यमन्त्री सिंहले गरे स्वागत
-
रास्वपाको महाधिवेशन फागुनमा हुने
-
हेटौँडा अस्पतालको बोर्ड तोर्डमोड गर्ने ६ जना पक्राउ
-
केपी ओली कप क्रिकेट : उपाधिका लागि गण्डकी र काठमाडौँ भिड्ने
-
विदेश जाँदा परराष्ट्रमन्त्री भनेर इज्जत गर्छन्, तर देशको माहोल बिग्रियो – परराष्ट्रमन्त्री