अस्ट्रेलियामा एकै पार्टीका सयभन्दा बढी उम्मेदवार चुनाव लड्नबाट वञ्चित
मेलबर्न । अस्ट्रेलियामा पार्टीको गल्तीका कारण लिबरल पार्टीका सय भन्दा बढी उम्मेदवारले न्यू साउथ वेल्समा परिषद्को चुनाव लड्न नपाउने भएका छन् । पार्टीले समयसीमाभित्र मनोनयन दर्ता गर्न नभ्याएपछि यस्तो भएको हो ।
म्याद गुज्रिसकेपछि आएको मनोनयन स्वीकार गर्न नसक्ने न्यू साउथ वेल्सका अधिकारीहरूले बताएका छन् । यो भूलका कारण पार्टीले झन्डै ५० सिट गुमाउने विश्लेषण अस्ट्रेलियाका एक शीर्ष निर्वाचन विश्लेषकले गरेका छन् ।
साउथ वेल्सका ८ परिषद्को मतदान पत्रमा लिबरल पार्टीका एउटै उम्मेदवार हुने छैनन् । यसका कारण लामो समयदेखिका पार्टीका पार्षद्हरुको समेत स्वतः पदविहीन हुनेछन् । यस घटनाप्रति माफी माग्दै पार्टीका निर्देशक रिचर्ड शिल्ड्सले सीमित संसाधनका कारण समयमा कागजी प्रक्रिया पूरा गर्न नसक्दा यस्तो भएको बताएका छन् । पार्टीका सांसदहरूलाई पठाइएको पत्रमा पार्टीका राज्य संसदीय नेता मार्क स्पीकम्यानले यसलाई पार्टीको इतिहासमा कुव्यवस्थापनको अहिलेसम्मकै खराब उदाहरण भनेका छन् ।
शिल्डले थप संसाधन माग्नु पर्थ्यो भन्ने उनको भनाई छ । यस घटनापछि स्पीकम्यानले शिल्ड्सले राजीनामा दिनुपर्ने बताइरहेका छन् । यो घटनाले पार्टीका कति जना उम्मेदवार प्रभावित भएका छन् भन्ने यकिन भइसकेको छैन । तर १३६ जना उम्मेदवारले टिकट नपाएको हुन सक्ने निर्वाचन विश्लेषक बेल राउइले भनेका छन् । टिकट नपाउनेमा ३६ जना वर्तमान पार्षदहरू पनि रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौष कृष्ण औँसी : गोकर्णेश्वर उत्तरगया क्षेत्रमा भक्तजनले गरे श्राद्ध
-
परेवाडाँडामा गोरु जुधाइ प्रतियोगिता
-
बन्दीपुर भ्रमण वर्ष मनाइँदै
-
१० बजे १० समाचार : नयाँ यात्रामा गौतम र रावल, रास्वपामा दलको नेतामा विवाद
-
एनपीएल विजेता ‘जनकपुर बोल्ट्स’लाई सिरहामा स्वागत
-
जलवायु परिवर्तनले सन् २०२४ मा चरम मौसम र गर्मी ल्यायो : राष्ट्रसङ्घ