शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
वित्तीय रिपोर्ट

एक दर्जन निर्जीवन बीमा कम्पनीको नाफा साढे ६ अर्ब, कुन कम्पनीले कति कमाए ?

बिहीबार, ३१ साउन २०८१, १३ : १७
बिहीबार, ३१ साउन २०८१

काठमाडौँ । नेप्सेमा सूचीकृत एक दर्जन निर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ को वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । सार्वजनिक रिपोर्टअनुसार कम्पनीहरूले समीक्षा वर्षमा कूल ६ अर्ब ५६ करोड ८३ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५०.५६ प्रतिशतको वृद्धि हो । 

आर्थिक वर्ष २०७९/८० मा १२ वटा निर्जीवन बीमा कम्पनीहरूले कूल ४ अर्ब ३६ करोड २४ लाख ८६ हजार रुपैयाँ नाफा कमाएका थिए । 

कुन कम्पनीले कति नाफा कमाए ?

कम्पनीहरूद्वारा सार्वजनिक अपरिष्कृत वित्तीय रिपोर्टअनुसार आर्थिक वर्षमा १० वटा कम्पनीको नाफा बढ्दै गर्दा दुई वटा कम्पनी राष्ट्रिय बीमा कम्पनी र नेको इन्स्योरेन्सको मात्र घट्न पुगेको छ । सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीको नाफा १८.८० प्रतिशतले घट्दा नेको इन्स्योरेन्सको नाफा २.७४ प्रतिशतले घट्न पुगेको हो । 

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नै ७७ करोड २५ लाख ४५ हजार रुपैयाँ नाफा कमाइसकेको राष्ट्रिय बीमा कम्पनीले समीक्षा वर्षमा ६२ करोड ७३ लाख ९ हजार रुपैयाँ मात्र नाफा कमाउन सकेको छ । 

यसैगरी आर्थिक वर्ष २०७९/८० मा ७० करोड ५० लाख १२ हजार रुपैयाँ नाफा कमाएको नेको इन्स्योरेन्सले पछिल्लो वर्ष जम्मा ६८ करोड ५७ लाख ११ हजार रुपैयाँ मात्र नाफा कमाएको छ । बाँकी १० वटा निर्जीवन बीमा कम्पनीहरूको नाफा भने न्यूनतम २०.९२ प्रतिशतदेखि अधिकतम १५६.६७ प्रतिशतसम्मले बढेका छन् ।

आईजीआई प्रुडेन्टियल इन्स्योरेन्स : कम्पनीको नाफा १५६.६७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष २३ करोड ८४ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले पछिल्लो वर्ष नाफामा आक्रामक वृद्धि गर्दै ६१ करोड २१ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ ।

शिखर इन्स्योरेन्स : कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ५१ करोड ३० लाख २१ हजार रुपैयाँ खद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा २२ करोड ६१ लाख २५ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले एकै वर्षमा १२६.८७ प्रतिशतले नाफा वृद्धि गरेको हो । 

प्रभु इन्स्योरेन्स : कम्पनीले यो वर्ष ४९ करोड ८ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष जम्मा २२ करोड ५० लाख ४६ हजार नाफा कमाएकोमा यो वर्ष ११८.१३ प्रतिशतले नाफा वृद्धि गरेको हो । 

युनाइटेड अजोड इन्स्योरेन्स : कम्पनीले पछिल्लो वर्ष १०८.११ प्रतिशतले नाफामा वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १८ करोड ५१ लाख ३४ हजार रुपैयाँ नाफा कमाएकोमा यो वर्ष ३८ करोड ५२ लाख ८५ हजार रुपैयाँ नाफा कमाउन सफल भएको हो । 

नेपाल इन्स्योरेन्स : यसैगरी नेपाल इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ मा ७० करोड ६ लाख २७ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष ३७ करोड ३० लाख ९५ हजार रुपैयाँ नाफा कमाएको कम्पनीको नाफामा ८७.७९ प्रतिशतको वृद्धि भएको हो । 

सगरमाथा लुम्बिनी इन्स्योरेन्स : कम्पनीले यो वर्ष ८३.९५ प्रतिशतले नाफा वृद्धि गरेको छ । अघिल्लो वर्ष ३३ करोड १० लाख २३ हजार रुपैयाँ नाफा कमाएकोमा यो वर्ष नाफा वृद्धि गर्दै कम्पनीले ६० करोड ८९ लाख १ हजार रुपैयाँ नाफा कमाएको हो ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स : कम्पनीले पछिल्लो वर्ष ६९ करोड २३ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष ३७ करोड ९३ लाख १९ हजार रुपैयाँ नाफा कमाएकोमा पछिल्लो वर्ष ८२.८२ प्रतिशतले नाफा वृद्धि गरेको हो । 

हिमालयन एभरेस्ट इन्स्योरेन्स : कम्पनीले समीक्षा वर्षमा ६६ करोड ७९ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष ४४ करोड ५० लाख ५९ हजार रुपैयाँ नाफा कमाएकोमा यो वर्ष नाफामा ५०.०८ प्रतिशतले वृद्धि भएको हो । 

एनएलजी इन्स्योरेन्स कम्पनी : यस कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा २५ करोड ३३ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष २० करोड ८० लाख ९५ हजार रुपैयाँ नाफा कमाएकोमा यो वर्ष २१.७७ प्रतिशतले नाफा बढेको हो । 

सानिमा जीआईसी इन्स्योरेन्स : कम्पनीले यो वर्ष ३३ करोड ७ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष २७ करोड ३५ लाख ४७ हजार रुपैयाँ नाफा कमाएकोमा पछिल्लो वर्ष २०.९२ प्रतिशतले नाफा बढेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप