अख्तियार प्रमुख राई भन्छन्–भ्रष्टाचारको हदम्यादबारे संसद्ले निर्णय गर्नुपर्छ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसार आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार मुद्दा अनुसन्धानमा ५ वर्षको हदम्याद राख्नेबारे संसद्ले निर्णय गर्नुपर्ने बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयक’ माथिको छलफलमा अख्तियार प्रमुख राईले हदम्यादबारे निर्णय गर्ने अधिकार संसद्मा रहेको जनाएका हुन् ।
‘अनुसन्धानमा ५ वर्षपछि हदम्याद लाग्ने भनेर आएको छ । बिगो नलाग्नेमा यस्तो व्यवस्था प्रस्तावित छ । तर सरकारी सम्पत्तिको हानी नोक्सानीमा हदम्याद लाग्दैन’, राईले बैठकमा भने, ‘यो विषयमा धेरै विद्वानहरूले राय व्यक्त गर्नुभएको छ । यसकारण सांसदले नै यो विषयमा उचित निचोड निकाल्नु उपयुक्त हुन्छ ।’
भ्रष्टाचार निवारण ऐनको संशोधन विधेयकमा कुनै भ्रष्टाचारजन्य कसुरमा मुद्दा चलाउने हदम्याद थाहा पाएको मितिले ५ वर्ष हुने प्रस्ताव छ । समितिको बिहीबारको बैठकमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा वर्षाले राहत, तस्बिरहरू
-
खाजा खाने क्रममा चट्याङ लागेर दूधकुमारको घटनास्थलमै मृत्यु
-
अलपत्र काठमाडौँ भ्युटावर, तस्बिरहरू
-
च्याम्पियन्स लिग फुटबल : रियलविरुद्ध गोल गरेपछि रोनाल्डो र नेमारको हाराहारीमा आर्सनलका राइसले
-
गण्डकीको हिउँदे अधिवेशन सकियो, लोकल रक्सी ब्राण्डिङ गर्ने सहित १० विधेयक ‘टेबुल’
-
च्यासलमा रग्बीको भिडन्त, तस्बिरहरू