विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

काठमाडौँ । देशका विभिन्न स्थानमा तीन जना मृत फेला परेका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–१० तल्लोपाकु बस्ने ४६ वर्षीया ज्ञानु चुदाली सोही ठाउँस्थित आफ्नै बारीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । बुधवार घाँस काट्न जान्छु भनी घरबाट गएकी उनी घर फर्की नआए पश्चात् खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
यता सप्तरीको शम्भुनाथ नगरपालिका–३ शम्भुनाथ मन्दिर जाने बाटोमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ पदमपुर बस्ने विजय सुनारको छोरा करिब ३ वर्षीय ओम बहादुर सुनारसोही उपमहानगरपालिका –१५ उपल्लो चम्किपुर कुलोमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।कुलोमा खेल्ने क्रममा हराएका उनको खोजी गर्ने क्रममा करिब २ किलोमिटर टाढा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्य थापालाई धम्की दिएको आरोपमा एक युवक पक्राउ
-
अन्तरिक्षमा डेटा सेन्टर खोल्दै छ अमेरिकी कम्पनी
-
टीकाको गीतसंग्रह ‘माटोको सुगन्ध’ लोकार्पण
-
माधवनारायण गाउँपालिकाका निमित्त कार्यकारी प्रमुखविरुद्ध राज्यव्यवस्था समितिमा उजुरी
-
एक सातामा ३२.६९ अंकले घट्यो नेप्से
-
दुर्गा प्रसाईं सवार जहाज केहीबेरमा काठमाडौँ विमानस्थलमा अवतरण हुँदै