७ प्रतिशत कर्मचारी निकाल्दै सिस्को कम्पनी
वाशिङ्टन डीसी । अमेरिकी बहुराष्ट्रिय डिजिटल सञ्चार प्रविधि कम्पनी सिस्को सिष्टम्सले कर्मचारी कटौती गर्ने भएको छ । कम्पनीले विश्वभर कार्यरत कर्मचारीमध्ये ७ प्रतिशतलाई कामबाट निकाल्ने बुधवार बताएको हो ।
कम्पनीले यस योजनाबाट १ अर्ब डलरसम्म बचाउन खोजेको छ । यो वर्षको सुरुमै पनि सिस्कोले हजारौँ रोजगारी कटौती गरेको थियो । फेब्रुअरीमा कम्पनीले ४ हजारभन्दा धेरै कर्मचारीलाई निकाल्ने घोषणा गरेको थियो ।
कृत्रिम बौद्धिकता (एआई) र साइबर सुरक्षा जस्ता तीव्र दरमा बढिरहेको क्षेत्रमा बढी ध्यान केन्द्रित गर्न कम्पनीले यो कदम चालेको हो । सन् २०२३ को जुलाईसम्ममा कम्पनीमा ८४ हजार ९०० कर्मचारी कार्यरत थिए ।
फेब्रुअरीको कटौतीपछि कम्पनीले अब अरू ५ हजार ९०० कर्मचारीलाई कामबाट निकाल्ने देखिन्छ । दुई हप्ताअघि चिप निर्माता कम्पनी इन्टेल कर्पोरेसनले पनि झन्डै १५ हजार कर्मचारीलाई कामबाट निकाल्ने घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु