बंगलादेशका हिन्दुहरूको सुरक्षाबारे बोले मोदी
_RCaNdWqByT.png)
नयाँ दिल्ली । भारतको स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाबाट दिएको भाषणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बङ्गलादेशमा सत्ता परिवर्तनपछि हिन्दुहरूमाथि भएको आक्रमणको कुरा उल्लेख गरेका छन् ।
‘बङ्गलादेशमा हिन्दुहरूको सुरक्षा सुनिश्चित गरिनुपर्छ । हामी हाम्रा छिमेकीहरूको सुख र शान्ति चाहन्छौँ’ भाषणका क्रममा उनले भनेका छन् । बङ्गलादेशमा जे जस्तो भइरहेको छ त्यो चिन्ताजनक भएको पनि उनले बताए ।
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध भएको सुरु आन्दोलन चर्किँदै गएर सरकार विरोधी प्रदर्शनमा परिणत भएको थियो । प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री शेख हसिनाले यो महीनाको सुरुमा राजीनामा दिएर भारत भागेकी थिइन् । हसिनाको सरकार ढलेपछि बङ्गलादेशमा अल्पसङ्ख्यक, विशेषगरी हिन्दुहरूमाथि हिंस्रक आक्रमणका घटनाहरू एकपछि अर्को गर्दै आइरहेका छन् ।
सामान्य हिन्दुहरूमाथि मात्रै नभएर आक्रमणकारीहरूले नाम चलेका गायक आदिलाई समेत निशाना बनाइरहेको खबर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओम शर्माले प्रवासी नेपालीलाई भने, ‘कसैको कुल्ली नबन्नुस्, जनताको अवस्था फेर्ने अभियानमा लाग्नुस्’
-
विद्यालय शिक्षा विधेयक : स्वार्थ समूहको दबाबमा अलपत्र
-
पेप्सीकोलामा ६० लाख लुटपाटमा संलग्नहरूविरुद्ध डाँकाचोरी मुद्दा
-
बेंगलुरुसँग हार्यो राजस्थान, कोहलीले बनाए टी-२० मा १०० औँ अर्धशतक
-
२०८१ लाई फर्केर हेर्दा : बागमतीको सरकार र संसद दुवै प्रभावकारी देखिएन
-
एमालेले बोलायो सचिवालय बैठक