संरक्षित स्थानमा भिडियो खिच्दा विवादमा फसिन् केटी पेरी

म्याड्रिड । अमेरिकी गायिका केटी पेरी स्पेनमा विवादमा मुछिएकी छिन् । आफ्नो नयाँ गीत लाइफटाइम्सका लागि आवश्यक अनुमति नै नलिईकन संरक्षित स्थानमा भिडियो खिचेपछि गायिका विवादित बनेकी हुन् । यसबारे छानबिन भइरहेको समाचारमा जनाइएको छ ।
क्षेत्रीय सरकारले जारी गरेको विज्ञप्तिअनुसार ब्यालियारिक द्विपका अधिकारीहरूले आवश्यक अनुमति नलिईकन सी सेलाइन्स नेचुरल पार्कमा सो गीतको भिडियो छायाङ्कन गरिएको मामिलामा गीतको भिडियो र सो भिडियो बनाउने कम्पनीमाथि छानबिन गरिरहेका छन् ।
अगस्ट ८ मा प्रिमियर गरिएको भिडियोमा पेरी संरक्षित क्षेत्रमा गीत गाएर नाचिरहेको देखिन्छिन् । सो क्षेत्रमा अनुमति लिएर छायाङ्कन गर्न सकिने भएकोले सो कार्यमाथि वातावरण विरुद्धको अपराध भनेर चाहिँ छानबिन नगरिएको बताइएको छ । यस अघि पेरीको अर्को गीत ‘वुमन्ज वर्ल्ड’ पनि विवादित बनेको थियो ।
विवादास्पद प्रड्युशन डा. ल्यूकसँग काम गरेको भन्दै पेरीले आलोचना खेप्नु परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षकहरूको अडान
-
हेड टु हेडमा बलियो तर यो सिजन लय गुमाएको हैदराबाद र पञ्चाबको भिडन्त
-
देश सुशासनको बाटोमा अघि बढ्यो, राजतन्त्र ब्युँतने भ्रम पाल्नु हुँदैन – प्रधानमन्त्री ओली
-
नेपाल नेशनल अस्पताललाई महानगरले तिरायो १ लाख जरिवाना
-
रास्वपाकी नेतृ एमाले प्रवेश
-
एमाले वीरगञ्ज महानगरको नेतृत्व निर्वाचनबाट हुने, नोमिनेसन सुरु