आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको अस्पतालमा तोडफोड

बिहीबार, ३१ साउन २०८१, १० : ५६
बिहीबार, ३१ साउन २०८१

कोलकाता । कोलाकाताको आरजी कर मेडिकल कलेजमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको घटनाको विषयमा भइरहेको डाक्टरहरूको विरोध प्रदर्शनबिच अज्ञात समूहले अस्पतालमा तोडफोड गरेको छ । 

डाक्टरहरूले प्रदर्शन गरिरहेका बेला एक अज्ञात समूह बुधबार राति परिसरमा प्रवेश गरेर प्रदर्शन स्थल, गाडी र सार्वजनिक सम्पत्तिमा तोडफोड गरेका हुन् । 

सामाजिक सञ्जालमा भीडले बलात्कार र हत्या भएको स्थानमा पनि तोडफोड गरेको दाबी गरिएको छ । तर, कोलकाता प्रहरीले घटना भएको सेमिनार हलमा कसैले पनि तोडफोड नगरेको स्पष्ट पारेको छ ।

यसैबिच पश्चिम बंगालको सत्तारुढ दल तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव तथा लोकसभा सांसद अभिषेक बनर्जीले अस्पतालमा गरिएको गुण्डागर्दी र बर्बरता अस्वीकार्य भएको बताए । उनले घटनामा संलग्नहरुको पहिचान गरी २४ घण्टाभित्र कारबाही सुरु गर्न माग गरे । 

यता, प्रतिपक्षी दलका नेता शुभेन्दु अधिकारीले हमला गर्नेहरू टीएमसीका गुन्डाहरू रहेको दाबी गरे ।

बीबीसी संवाददाता सलमान रविका अनुसार अज्ञात समूह अस्पतालमा प्रवेश गरेर तोडफोड सुरु गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । यस दौरान मिडियाकर्मीलाई निशाना बनाइएको थियो । 
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप