आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

सन्जुको मौलिक तिज गीत ‘आएन परदेशी’ सार्वजनिक

बिहीबार, ३१ साउन २०८१, १० : ५१
बिहीबार, ३१ साउन २०८१

काठमाडौँ । तिज नजिकिँदै गर्दा बजारमा तिज गीत भित्रिने क्रम बढ्दो छ । यस्तैमा गायिका सज्नु न्यौपानेले नयाँ तिज गीत ‘आएन परदेशी’ सार्वजनिक गरेकी छन् । गीतकार सुमन वैरागी पण्डितको शब्द तथा संगीतमा तयार भएको ‘आएन परदेशी’ मा सङ्गीत संयोजन डोलराज बाह्रघरेले गरेका छन् । गीतमा सहयोगी स्वरमा बेलीमाया पुलामीले साथ दिएकी छन् । 

गीतको म्युजिक भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी छन् । दुर्गा पौडेलको छायाङ्कन एवं नवीन घर्तीमगरको सम्पादन रहेको भिडियोमा सज्नु न्यौपाने, सजिना लामिछाने, सबिता पोखरेल, बेलीमाया पुलामी, मेनुका लामिछानेको अभिनय छ ।

‘आएन परदेशी’ भिडियोलाई गायिका सज्नु न्यौपानेको युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् । गायिका न्यौपानेको यसभन्दा अघि पनि धुरुधुरु, हे आमा, दर खान, टिकीया टलल, यसपाली तिजमा, लाहुरेले लगायतका तीज गीतहरू रहेका छन् भने लाहुर, चाँदी कहाँ होला, लामो कपाल, उमेर भाछैन, छोम्रोङ गाउँकी नानी लगायतका सयभन्दा बढी गीतहरू बजारमा आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप